दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बित

0
41

दक्षिण कोरिया- दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसदले महाभियोग पारित गर्दै पदबाट निलम्बित गरेको छ।
युनले मार्शल ल घोषणा गरेर संवैधानिक व्यवस्था भंग गरेको आरोपका कारण संसदले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। महाभियोग प्रस्तावमा संसदका 300 सदस्यहरूमध्ये 204 जनाले समर्थन जनाएका थिए, जसले दुई-तिहाइ बहुमत पुगेको छ ।
संसदको यो निर्णयले राष्ट्रपति युनलाई औपचारिक रूपमा निलम्बन गरेको छ, र अब यो मुद्दा संवैधानिक अदालतमा पुग्नेछ राष्ट्रपति युनले केही समयअघि राष्ट्रिय आपतकाल घोषणा गर्दै सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए । यो कदमको चौतर्फी आलोचना भएपछि उनीविरुद्ध व्यापक प्रदर्शनहरू भएका थिए।
विपक्षी दल र नागरिक समाजले यसलाई “स्वेच्छाचारी” र “लोकतन्त्रको अपमान” को संज्ञा दिएका थिए। राष्ट्रपतिको निलम्बन पछि, प्रधानमन्त्री हान डक-सु ले अन्तरिम रूपमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । संवैधानिक अदालतले 180 दिनभित्र निर्णय लिनुपर्नेछ कि राष्ट्रपति युनलाई पूर्ण रूपमा पदमुक्त गर्ने वा पुनर्स्थापित गर्ने

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्