बागलुङ समाज दक्षिण कोरियाको अध्यक्षमा नेपाली

0
102

कमला केसी/दक्षिण कोरिया
बागलुङ समाज दक्षिण कोरियाको ११ औं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले राजु नेपाली को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समाजको बरिष्ठ उपाध्यक्षमा केशब आचार्य, उपाध्यक्षमा सुमन रोका मगर, निशान चन्द ठकुरी र अमृत पाठक, महासचिवमा शोभाखर शर्मा रहनुभएको छ । यसैगरी सचिबमा नरेश कुमार बि.क र गिर बहादुर भण्डारी, कोषाध्यक्षमा नारायण शर्मा र सह- कोषाध्यक्षमा दल बहादुर थापा रहनुभएको छ ।
समाजको कार्यसमिति सदस्यमा किसान नेपाली, भरत खत्री, कासु पुन, पुरन चन्द ठकुरी,
श्याम थापा, सजिना थापा, खिमा पुन, सुधिर बि सि रहनुभएको छ ।


दशौँ कार्यसमितिवाट निर्वाचित भूमिराज भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनको क्रममा भलिबल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो भने समाजले आयोजना गरेको धौलागिरि सांगितिक साँझलाई सफल बनाउन महत्वपुणर् भूमिका निर्वाह गर्ने सञ्चार माध्यम र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।
भर्खरै निवर्तमान हुनुभएका भुसालले आफ्नो कार्यकाल सफल बनाउन महत्वपुणर् भुमिका खेल्नुहुने नवौं कार्यसमितिका पदाधिकारी कार्यसमिति सदस्यहरु, विभिन्न विभागिय प्रमुख तथा सदस्यहरु संरक्षक, बरिष्ठ सल्लाहकार, सल्लाहकार, थेगु शाखाका सम्पुणर् कार्यसमिति लाई धन्यवाद समेत ब्यक्त गर्नुभएको छ ।


समाजले विगत देखिनै सामाजिक, खेलकुद, सांगितिकि तथा शैक्षिक र विपद्को क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आईरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्