कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय कास्की परिवारले आगामी कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसर पारेर आयोजना गर्ने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४“ को पोष्टर सार्वजनिक गरेको छ ।
सउल स्थित निक ट्राभल्सको सभाहलमा आयोजित भव्य समारोहका बीच पोष्टर सार्वजनिक गरेको हो । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रममा नेपालको चर्चित ब्याण्ड ‘१९७४ एडि’ को विशेष प्रस्तुती रहने भएको छ । सउल स्थित सुविधा सम्पन्न हलमा हुने उक्त ब्याण्डको लाईभ कन्सर्टको लागी तयारी तीब्र पारिएको कास्की परिवारका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।
कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गत रहेका अन्य दश जिल्ला र को पूणर् साथ, समर्थन र निणर्यात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक हुने आयोजकले जानकारी दिएको छ ।
आगामी जनवरी २८ तारिक (सलनालको पहिलो दिन) आयोजना गर्ने उक्त “माछापुच्छ्रे्र सांगीतिक सौगात भाग ४“ सफल बनाउन कोरियास्थित सम्पूणर् संघसंस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले विशेष उपस्थितिका साथै अन्य सहयोगका लागि अपिल गरेको छ ।
संस्थाले स्थापना कालदेखि विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसरता देखाउँदै आएको छ । कार्यक्रमको सफलता प्रचार प्रसार र बढि भन्दा बढि सहभागिता गराउनका लागि कलाकार सहितको पोष्टर सार्वजनिक गरिएको संस्थाका प्रचारप्रसार संयोजक टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।
आपतकालीन राहतकोष स्थापना सहयोगार्थ आयोजना हुने सो कार्यक्रम आर्थिक पाटोबाट मात्रै नभई कोरियामा रहेका नेपाली समुदायबीच आपसी मेलमिलाप र सहयोगको भावना विकास गराउने उद्धेश्यले आयोजना गरिएको कास्की परिवारको भनाई छ ।
घर मुख्य समाचार माछापुच्छ्रे सांगीतिक सौगात भाग-४ को पोष्टर सार्वजनिक, चर्चित ब्याण्ड ‘१९७४ एडि’ को...






