कोरियामा घन्किदै नेपाली नौमति बाजा

0
97

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको छल्लानाम्दो प्रदेश मोक्पो क्षेत्रमा हुने साँस्कृतिक बिबिधता तथा नेपाली चाडपर्व तथा उत्सवहरुमा नेपाली नौमती घन्किएको देखिन्छ । यङ्आमगुन स्थित हुन्डाइ साम्हो सीप बिल्डिङ कम्पनीमा कार्यरत दश जना नेपालीहरुको टोलिले अत्यन्तै मेहनतले नौमती बाजा सिकेर बजाउन थालेका हुन् ।
कठिन कामका वावजुद अत्यन्तै मेहनत गरि अभ्यास गरेकोले बाजा भित्र्याईएको केही समयमा नै पारंगत बनेका उनिहरु कोरियाका अन्य ठाउँबाट प्रस्तुतिको लागि आग्रह आए स्विकार्न सकिने कार्यक्रम संयोजक एन्जि शेर्पा बताउँछन् ।
करिब एक हजार पाँच सयको हाराहारिमा नेपाली समुदाय वसोवास गर्ने उक्त क्षेत्रमा सबै नेपालीको साझा संस्था मोक्पो साम्हो साझा चौतारीले बाजा संरक्षण तथा ब्यवस्थापन गर्दै आएकोमा नौमती बाजाले आफ्नो क्षेत्रमा कोरियन तथा अन्य समुदायको बिचमा छुट्टै पहिचान बनाएकोमा गौरव महसुस गर्ने गरिरहेको संस्था अध्यक्ष रिक्की गुरुङ बताउनुहुन्छ ।
पञ्चेवाजाको विकास र विस्तारलाई निरन्तरता दिईने संस्थाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्