दक्षिण कोरियामा माछापुच्छ्रे सांगीतिक सौगात भाग-४ आयोजना

0
118

कमला केसी/दक्षिण कोरिया
आपतकालीन राहतकोष अभिबृद्धि गर्नका लागि दक्षिण कोरियामा माछापुच्छ्रे सांगीतिक सौगात कार्यक्रम गरिने भएको छ ।
“सङ्गठित समुह नै प्रदेशको सहारा हो’’ भन्ने मुल नाराका साथ स्थापना भएको कास्की परिवार दक्षिण कोरियाले कार्यक्रम आयोजना गरेको हो । स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।
कोरियाली महान पर्व सलनालको पहिलो दिन आगामी २०२५ जनवरी २८ तारिकमा माछापुच्छ्रे सांगीतिक सौगात भाग-४ आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम आयोजक कमिटी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक परिषद प्रमुख खोम प्रसाद गुरुङ रहनुभएको छ भने आर्थिक संयोजकमा संस्थाकी पुर्व अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार आरती ह्योल्मो रहनुभएको छ । त्यसैगरी प्रचार प्रसार संयोजकमा सल्लाहकार टेकनाथ भण्डारी रहनुभएको अध्यक्ष पौडेलले बताउनुभयो ।
सांगीतिक कार्यक्रमलाई सफल रूपमा सु सम्पन्न गर्नको लागि दक्षिण कोरियाका सक्रिय सामाजिक एवम् राजनीतिक दल निकट संघ संस्था, व्यबसायी ,पत्रकार, कलाकार ,वौद्धिक एवम् सामाजिक व्यक्तित्व , विधार्थी वर्गहरु एवम् सम्पुणर् नेपाली दाजु भाइ, दिदीबहिनिहरुमा कास्की परिवारले हार्दिक अनुरोध समेत गरेको छ ।
अहिले कार्यक्रमको सवैजसो तयारीहरु शुरु गरिएको समेत अध्यक्ष पौडेलको भनाई छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्