नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको अध्यक्षमा निर्दोष शिव

0
124

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठानको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेनले निर्दोष शिवको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक राज बञ्जाडे, उपाध्यक्षमा जीवन भण्डारी, महासचिवमा आर पि सि सङ्गम, सचिवमा प्रकाश पाठक, कोषाध्यक्षमा दुर्गा तिवारी र सह-कोषाध्यक्षमा रुद्र कँडेल चयन हुनुभएको छ ।
समितिका सदस्यहरूमा रुसन सुवेदी, सरोज सर्वहारा, राजेश सुवेदी, रोदुङ्ग यायावर, विवेक रिजाल, अजय गोले, तिल्ता मगर, किरण गितार, मानकाजी शाक्य, लोकेश जंङ्ग ब. चन्द, वसन्त हरियाली, स्टार मगर, डि एन के कुँवर, रोशन राज भट्टराई, सन्तोष चौँलागाईँ र महेश रेग्मी रहनुभएको छ ।
कार्यसमितिले सल्लाहकार समितिमा, विष्णु वाग्ले, विदुर शर्मा, ह्यारी बोण्ड, जीवन खत्री, डा. कमला केसी, लोकराज न्यौपाने, सुशिल अर्याललाई मोनोनित गरेको छ । संस्थाको संरक्षक समितिमा संयोजक निवर्तमान अध्यक्ष आर एन रहनुभएको छ भने सदस्यहरूमा, गङ्गा पौडेल संस्थापक अध्यक्ष सन्तोष अमगाईँ, पूर्व अध्यक्ष रामचन्द्र शर्मा हुनुहुन्छ ।
यस अघि कार्यवाहक अध्यक्ष निर्दोष शिवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो । दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकको स्वागत मन्तव्य रहेको थियो । संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो । रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले नेपाली मुक्तक श्रीवृद्धि साथै समग्र नेपाली साहित्यको उन्नयनका लागि काम गर्दै आइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्