नाबालिग बलात्कारका अभियुक्त छुटाउने न्यायाधीश शिशिर ढकालको आदेशविरूद्ध उच्च अदालत जाँदै सरकारी वकिल

0
48

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले नाबालिग बलात्कारका एक अभियुक्तलाई कानुनविपरीत थुनामुक्त गरेको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दिने भएको छ।

१४ वर्षीया नाबालिग महाराजगञ्ज ३४(क) माथि बलात्कारको अभियोग लागेका हिमाल शाहीलाई ९ दिनअघि काठमाडौंका जिल्ला न्यायाधीश ढकालले ३ लाख धरौटीमा थुनामुक्त गरेका थिए।

उच्च सरकारी वकिल कार्यालयका निमित्त प्रमुख रूद्रप्रसाद पन्थीले यो आदेश बदर गर्न निवेदन दिन भन्दै जिल्लाबाट निर्णय भएर आएको बताए। 

‘जिल्लाले शुक्रबारै निवेदन पठाए पनि हामीले बीचमा बिदा भएकाले अहिले बल्ल निवेदन र मिसिल अध्ययन गरिरहेका छौं। हामी जिल्लाको आदेशविरूद्ध उच्च अदालतमा छिट्टै जान्छौं।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्