दक्षिण कोरियामा आगामी अक्टोबर १३ मा बृहद दशै महोत्सव-२०२४ हुने

0
29

कमला केसी/दक्षिण कोरिया
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा दक्षिण कोरियामा बृहत दशै महोत्सव-२०२४ कार्यक्रम हुने भएको छ ।
विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरु दाजुभाई, दिदीबहिनीहरुमा बडादशै पर्वको महत्व र संस्कृति उजागर गर्नका लागि बृहद दशै महोत्सव गर्न थालिएको हो । विदेशमा पनि नेपालीे संस्कृतिको सम्वद्र्धन तथा प्रवर्दन गरी नेपालीहरुको राष्ट्रिय चिनारी एवं पहिचान झल्काउने उदेश्यले सनातन साहित्य संगित साधना समूह “पाँच-स”, एनआरएनए दक्षिण कोरिया र आन्सान सिटी, दक्षिण कोरियाको प्रमुख आयोजना तथा नेपाली राजदूतावास, सउलको समन्वयन र नेपाली सम्पर्क समिति एनसिसिको सहजीरकणमा कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सवको विशेष सहयोगीमा बागमती र लुम्बीनी प्रदेश समाज र तराई मधेश समाज, अर्धाखाँची सम्पर्क मञ्च, सिन्धुपाल्चोक समाज, पर्वत समाज, हामी नेपाली द.कोरिया, भोजपुर परिवार, सुर्खेत समाज, गुल्मी सम्पर्क समिति, तनहुँ समाज, अनेसास कोरिया च्याप्टर, आन्सान नेपाली समाज, प्रवासी नेपाली एकता समाज, दोलखाली समाज, मधेशी समाज द. कोरिया, उद्यमशिल युवा मञ्च, र दैलेख समाजको सयुक्त सहकार्य तथा समन्वय रहेको छ ।

आगामी अक्टोवर १३ तारिक आईतबार आन्सान शहर, दक्षिण कोरियामा मनाइदैने कार्यक्रमको बारेमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । अहिले कार्यक्रमको तयारी तीब्र रुपमा भैरहेकोछ ।

महोत्सवमा टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान, विभिन्न जातजाति, धर्म, संस्कृति एवं मौलिकता झल्काउने परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुती, नेपाली पञ्चेबाजाका साथ लोकदोहोरी तथा सामूहीक नृत्य, नेपाली तथा विभिन्न जात जाति, धर्म संस्कृति झल्काउने राष्ट्रिय तथा सास्कृतिक पोशाकको प्रदर्शन संगै कोरियन परम्परागत तथा मौलिक नृत्यहरुको बेजोड प्रस्तुती रहने भएको छ ।
बृहद दशै महोत्सवमा नेपालीका साथै कोरियन र अन्य विदेशीहरुको समेत सहभागिता रहने अपेषा गरिएको छ । सो अवसरमा विभिन्न नेपाली तथा कोरियन खानाका परिकारहरुको ब्यवस्था गरिएको कार्यक्रम संयोजक विष्णु थापाले जानकारी दिनुभयो ।
दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीहरु विच आपसी सदभाव, भाईचारा र भावनात्मक सम्बन्धको विकास हुने आयोजकको अपेक्षा छ । यस्ता खालका कार्यक्रम विगत ७ वर्ष देखि दक्षिण कोरियाका विभिन्न स्थानहरुमा नेपाली परम्परा अनुसार मनाउदै आएको संयोजक थापाले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्नका लागि ७२ लाख ५० पचास हजार वन खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रमलाई आन्सान् सिटी, दक्षिण कोरियाको व्यवस्थापकिय सहयोगसंगै आयोजक संस्थाहरुको स्वेछिक सहयोग रहेने प्रतिवद्धता समेत जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्