दक्षिण कोरियामा दोस्रो नेपाली कम्युनिटी भलिबल कप हुँदै

0
35

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा दोस्रो नेपाली कम्युनिटी भलिबल कप २०२४ प्रतियोगिता हुने भएको छ ।
फ्यङ्थेक माईग्रेन्ट हिलिङ सेण्टरको आयोजनामा आगामी अक्टुवर २० तारिक आइतवार कार्यक्रम गर्न थालिएको हो । शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ आयोजत भलिबल कपमा बिजेता हुनेलाई २१ लाख वन ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेतालाई १३ लाख वन ट्रफि, मेडल र प्रमाणपत्र र तृतिय हुनेलाई ८ लाख वन ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै उत्कृष्ट विधामा विविध पुरस्कार समेत वितरण गरिने छ ।
प्रतियोगितामा सहभागि हुने समुहलाई टिम दर्ता शुल्क तीन लाख ५० हजार वन तोकिएको छ । आगामी अक्टुवर १३ तारिख दिउँसो १२ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजक संस्थाका जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । टाईसिट प्रकाशन अक्टुवर १३ तारिकमै बृहद दशै महोत्सव हुने स्थानमा दिउँसो २ बजे गरिने भएको छ ।
प्रतियोगिता 경기도 평택시 청북면 원율북로 23번길 19-7 मा हुने भएको छ । थप जानकारीका लागि ब्यानरमा भएका नम्वरमा सम्पर्क गर्न सकिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्