कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यले संचालन गर्दै आएको गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गत डिसेम्वर १६ तारिखदेखि शुरु भएको कार्यक्रम कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि निकै लाभदायक बन्दै गउको हो । दक्षिण कोरियामा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गरिएको हो ।
विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेर स्वास्थ्य सम्बन्धि समस्याहरु झेल्दै आईरहेका र भाषा समस्याका कारण आफ्नो समस्या राख्न नसकिरहेका तथा अन्य कुनै कारण रोग पालेर बस्न बाध्य भएकाहरुलाई मध्यनजर गर्दै संचालन गरिएको गण्डकी परामर्श कार्यक्रमको आगामी शृङ्खलामा एमबिबिएस, एमडि, एशोसिएट, प्रोफेसर, कन्सल्टेन्ट फिजिसियन, फेलिशिप इन ट्राभल मेडिशिन डा. सरोज पोखरेलसँगको प्रस्तुती रहने संयोजक देवी गौतमले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा छाती, पेट, मुटु, प्रेसर, थाईराईड र सुगर सम्बन्धी समस्या भएका बिरामीहरुले सम्पर्क गरी आफ्नो समस्याको समाधान गर्न सक्नुहुने भएको छ । सम्वन्धित रोग लागेका नेपालीहरुले तल उल्लेखित नम्वर, वा इमेल गरेर आफ्ना जिज्ञासाहरु टिपाउन सक्नुहुने छ ।
कार्यक्रम प्रत्यक्ष रुपमा गण्डकी प्रदेश समाजको फेसबुक पेजमा लाइभ तथा युट्वबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । डाक्टरले सम्वन्धित बिरामीको समस्याको समाधान को पाटो बताईदिने भएकाले सोहि अनुसार उक्त कार्यक्रममा सहभागि भएर आफ्ना समस्या राखेर दिर्घकालीन समाधानको लागि डाः सावसँग प्रत्यक्ष जोडिन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम आगामी सेप्टेम्बर २८ तारिक शनिवार नेपाली समय ५ ः४५ कोरियाको समय साँझ ९ बजे प्रत्यक्ष प्रशासन हुने छ ।
पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गरिँदै आएको हो । कार्यक्रम प्रस्तोतामा गण्डकी प्रदेश समाजका सञ्चार विभाग प्रमुख डा. कमला केसी रहनुभएको छ । थप जानकारीका लागि निम्न नम्वरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारी को लागि:~
१)देबी गौतम, 010- 5574-3558 संयोजक गण्डकी हेल्थ डेस्क
२)डा.कमला केसी ,010-28649257कार्यक्रम प्रस्तोता ( गन्डकी संचार बिभाग प्रमुख)
३) गजेन्द्र शेर्मा 010-7738-7300 अध्यक्ष पुर्वान्चल सरोकार समाज
4) बि. पी. पौडेल 010-3910-8110 अध्यक्ष बागमती प्रदेश समाज
5) धर्मराज तिवारी010-5630-5777अध्यक्ष कर्णाली प्रदेश समाज
6) दिल बहादुर मडै 010-7767-8959 अध्यक्ष सुदूरपश्चिम समाज
7) हरि प्रसाद खनाल 010-2175-0250 अध्यक्ष नेपाली सम्पर्क समिति
8)अमृत के सी 01059608190अध्यक्ष राप्ती समाज
9)हिमाल खनाल 010-5761-8701 अध्यक्ष लुम्वीनी प्रदेश समाज
10)नवराज भट्टराई010-5960-2082 अघ्यक्ष ख्याड्गी ख्वाड्जु नेपाली एकता समाज
11}बिष्णु थापा 010-4694-6680 अध्यक्ष पाच स दक्षिण कोरिया