कमला केसी/दक्षिण कोरिया
“आपतकालीन राहतकोष सहयोगार्थ’’ सुर्खेत समाज दक्षिण कोरियाले प्रदर्शन गरेको नेपाली कथानाक चलचित्र पुजार सार्कीको आयब्यय सार्वजनिक गरिएको छ ।
चलचित्रको दक्षिण कोरियाका लागि बिक्री वितरण सँगै प्रदर्शनको अधिकार सुर्खेत समाज दक्षिण कोरियालाई रहेकोमा समाजले सउल शो आफैले प्रदर्शन गरेको थियो । उक्त सो मा समाजलाई ७० प्रतिशत र सहकार्य गर्ने अन्य व्यक्ति तथा निकायलाई ३० प्रतिशतको को आधारमा फाइदा बाँडफाँड गरीएको थियो ।

जस अनुसार उक्त प्रदर्शन तथा अन्य विक्रि वितरणवाट ४८ लाख ३३ हजार ९ सय ९४ कोरियन वन बचत भएको छ । प्रदर्शनका लागि विभिन्न ठाउँमा गरिएको विक्रि वितरण तथा शो वाट एक करोड २६ लाख १० हजार ८ सय २७ वन आम्दानी भएकोमा ७७ लाख ७६ हजार ८ सय ३३ वन खर्च भएको महासचिब रुपक केसीले जानकारी दिनुभयो ।
सिओल शो वाट मात्रै ५६ लाख २८ हजार वन बचत भएको थियो भने १२ लाख ५५ हजार खर्च गरी जम्मा आम्दानी ६८ लाख ८३ हजार भएको थियो । संस्थाले सिओलमा प्रदर्शन गरेको हो भने अन्य सात स्थानमा वितरण गरेको थियो ।
अन्य शोहरु सुवनमा राप्ती समाज दक्षिण कोरिया, फेण्थेक शो फेन्थेक माइग्रेन हिलिङ सेन्टर, किम्हे शो सल्यान समाज र कालिकोट समाज, खिम्जे शो खिम्जे ब्रदर हुड, याङसान शो हिमालयन एफसीले सञ्चालन गरेको थियो ।
संस्थाले गरेको सउल शो को आय व्यय छुट्टै राखेको छ । संस्थाले उक्त कार्यक्रममार्फत जम्मा भएको आम्दानी आपतकालीन राहत कोषमा जम्मा गरिएको अध्यक्ष पुस्कर बुढाथोकीले जानकारी दिनुभयो ।
यसैबीच चलचित्र प्रदर्शन गरेर भएको आम्दानी संस्थाले क्यान्सर पिडितलाई सहयोग गरेको छ । सुर्खेत जिल्ला बराहताल गाउँपालिका वडा नं. ५ निवासी ५५ वर्षिया लक्ष्मी सारु मगरलाई १० लाख ८९ हजार ८ सय ९७ कोरियन वन अर्थात नेपाली रुपैया १ लाख ५ हजार सहयोग गरिएको हो । क्यान्सर पिडित मगर अहिले नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचाररत रहनुभएको छ ।







