कास्की परिवार दक्षिण कोरियाको बार्षिक साधारण सभा अक्टोबर ६ मा हुने

0
113

कमला केसी/दक्षिण कोरिया
कास्की परिवार समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा आगामी अक्टोबर ६ तारिकमा हुने भएको छ ।
संगठित समुह नै परदेशको सहारा हो भन्ने मुल उद्धेश्यका साथ सामाजिक क्षेत्रमा सक्रिय कास्की परिवारले बार्षिक साधारण सभा गर्न थालेको हो ।

दक्षिण कोरिया स्थित नेपाल थाई रेष्टुरेण्टको सभाहल दोङ्देमुनमा आयोजित कार्यक्रममा बार्षिक समिक्षा, आयब्यय विवरण प्रस्तुत र आगामी कार्ययोजनाका बारेमा छलफल तथा महत्वपुणर् निणर्यहरु गरिने अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम अक्टोबर ६ तारिकमा विहान ११ बजेदेखि शुरु हुने भएको छ । कार्यक्रलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संस्था सम्वद्ध सल्लाहाकार, बुद्धिजिवि, शुभचिन्तक, सवै सदस्यहरु, कोरिया स्थ्ति सम्पुणर् संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्