दक्षिण कोरियामा हुने भनिएको पाँचथर सांगितिक सौगात भाग– २ स्थगन

0
94

कमला केसी/दक्षिण कोरिया
पुर्वी नेपाल समाज कोरियामा आबद्ध संस्था पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको ‘पाँचथर सांगीतिक सौगात भाग–२’ स्थगन गरिएको छ ।
कोरियाली महान चाड छुसकको दोस्रो दिन सेप्टेम्बर १६ मा आयोजना गर्ने भनिएको कार्यक्रम पाँचथर सांगीतिक सौगात भाग– २ अर्को पुर्व निर्धारित समयमा गर्न असम्भव भएपछि स्थगन गरिएको हो । आयोजकले कार्यक्रमको सवैजसो तयारी गरेको भएपनि आमन्त्रण गरिएको बहुचर्चित नेपथ्य ब्यान्ड को ब्यस्तता र भिजा समस्याका कारण उक्त समयमा कार्यक्रम गर्न असमर्थ भएको समाजले एक प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
नेपथ्य ब्याण्ड आगामी अगष्टको २ तारिखबाट सेप्टेम्बर १७ तारिख सम्मलाई अमेरिकाको विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रममा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको र अगस्ट २ भन्दा अगाडि नै सबै टिम मेम्बरको ्िभजा लगाइसक्नुपर्ने हुँदाहुँदै पनि नेपालमा रहेको कोरियन एम्बेसीको अपोइन्टमेन्ट प्रणालीको सर्वसुलभता नहुँदा समस्या भएको समाजका महासचिब केदार निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्याण्डमा आवद्ध चार जना सदस्यको बाहेक बाँकि टिमको भिजा असम्भव हुने भएको र जसका कारण ब्यान्ड अपुरो हुने भएकाले उक्त मितिममा कार्यक्रम गर्न नसकिएको हो । समाज र नेपथ्य ब्याण्डबीचको आपसी समझदारीमा निर्धारित मितिभन्दा पछिको मितिमा पुनः कार्यक्रम आयोजना गर्ने गरी सहमति गरिएको महासचिब निरौलाले बताउनुभयो ।
समाजले पूर्व निर्धारित मितिमा आयोजित स्थगन गर्नुपरेकोमा क्षमायाचना गर्दै सम्पुर्ण सरोकारवालाहरु दर्शकदिर्घा र शुभचिन्तकहरुमा पर्न गएको, असुविधाप्रति क्षमाप्राथी रहेको जनाएको छ ।
साथै उक्त कार्यक्रमको पोस्टर सार्वजनिक गरिसकिएको भएतापनि कुनै प्रकारको आर्थिक सहयोग स्पोन्सर सहयोग लिने तथा अग्रिम टिकट बिक्री नगरिएको समेत समाजले जनाएको छ । उक्त कार्यक्रम सोहि फर्मेटमा अर्को कुनै मितिमा संचालन गर्ने पनि आयोजकले प्रतिवद्धता जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्