कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा स्थापना भएर खेल क्षेत्रमा सक्रिय टिम नेपाल राईनो र कोरिया क्रिकेट संघले द पिपुल्स कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।
नेपाली खेलाडीहरुमा बढ्दै गएको क्रिकेट खेलप्रतिको मोहलाई बृद्धि गर्नका लागि संघले आगामी सेप्टेम्वर १५ र १६तारिख गरी दुई दिन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा बिजयी हुने समुहलाई प्रथम पुरस्कार ४० लाख वन मेडल र प्रमाणपत्र तथा फस्ट रनरअपको लागि १८ लाख कोरियन वन, मेडल र प्रमाणपत्र तथा मेन अफ द शिरिज खेलाडीलाई एक लाख कोरियन वन पुरस्कार राशि तोकिएको छ । उत्कृष्ट व्याट्सम्यान र उत्कृष्ट बलरलाई पुरस्कृत गरिने भएको हो ।
टिम दर्ताका लागि ६ लाख कोरियन वन निर्धारण गरिएको छ । आयोजकका अनुसार सवै खेलहरु १० ओभरका हुनेछन् भने सवै खेलह हार्ड टेनिश वलले खेलाईने भएको छ । जसमा एलबिडम्लु पावर प्ले हुनेछैन भने खेल नकआउट चरणमा खेलाईने छ । खेलाडीहरु अनिवार्य नेपाली नागरिक हुनुपर्ने, खेलमा कुनै विवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने खेलका नियमहरुमा उल्लेख गरिएको छ ।
खेलाडीहरुले अनिवार्य रुपमा जर्सि लगाउनुपर्ने उल्लेख गरिएको छ । अहिले प्रतियोगिताका तयारीमा लागिरहेको संघका राज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेप्टेम्वर १० तारिख भित्र टिम दर्ता गराईसक्नुपर्नेछ । पहिलो खेल सेप्टेम्बर १५ गते विहान ७ बजेवाट शुरु हुने पनि उहाँले बताउनुभयो ।