कमला केसी/दक्षिण कोरिया
आपतकालीन राहत कोष स्थापनाका लागि लमजुङ परिवार दक्षिण कोरियाले मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ कार्यक्रम गर्ने भएको छ ।
आगामी सेप्टेम्बर १५ तारिखमा पर्ने कोरियाको महान पर्व छुसकको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सांगीतिक सौगात भाग -३ “ THE EDGE Band live in Seoul “ को कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि लमजुङ परिवारले यहि अगष्ट १८ तारिक आइतवार पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ ।
कार्यक्रमका बारेमा पूणर् र आधिकारिक रुपमा जानकारी गराउनुका साथै प्रचार प्रसारका लागि पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको लमजुङ परिवार दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष सन्तोष दिंगलले जानकारी दिनुभयो ।
अगष्ट १८ गते आइतृवार दिउँसो १ बजे कार्यक्रम हुने भएको छ । दर्शन नमस्ते रेष्टुरेण्टको सभाहल, दोङ्देमुन सउल ( लाईन नं १ 동대문 Exit Gate 3) मा हुने कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनुहुने नेपाली संञ्चारकर्मी, कोरियामा क्रियाशिल संघ संस्थामा रहनुहुने पदाधिकारी र प्रतिनिधि, अग्रज एवं बुद्धीजीबी वर्ग , विभिन्न पेशा व्यवसायमा आवद्व व्यवसायी लगायत बिभिन्न उध्देश्यका साथ कोरिया रहनुहुने संपूणर् नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई लमजुङ परिवारले आमन्त्रण गरेको छ ।
घर मुख्य समाचार दक्षिण कोरियामा मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ आयोजना, अगष्ट १८ मा पोष्टर सार्वजनिक...