कमला केसी/दक्षिण कोरिया
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दक्षिण कोरियामा तिज विशेष कार्यक्रम हुने भएको छ ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्वर १ तारिक आइतवार शुभकामना आदानप्रदान, भेटघाट तथा दरखाने कार्यक्रम आयोजना गरेको हो ।
प्रवासी भूमिमा हाम्रो एकता, सवै जिल्लावासीहरुको प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापित मञ्चले नेपाली रितिरिवाज, धर्मसंस्कृति र तीजको महत्वलाई प्रवासमा समेत उजागर गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको हो ।
दक्षिण कोरिया स्थित दिल्ली ढाबा रेष्टुरेन्टमा गरिने तीज विशेष कार्यक्रममा सहभागिता जनाउनका लाग दक्षिण कोरियामा रहेका अर्घाखाँचीवासी, तथा सम्पुणर् नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई आमन्त्रण गरिएको छ ।
मञ्चका अनुसार सेप्टेम्बर १ तारिक विहान साढे ११ देखि १२ बजे सम्म शुभकामना आदानप्रदान, दिउँसो १२ बजेदेखि १ बजेसम्म दरखाने कार्यक्रम, दिउँसो १ बजेखि ४ बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम नाचगान, र साँझ ४ बजे चियापान कार्यक्रम रहने भएको छ । थप जानकारीका लागि ०१०५५७३०६७८ तथा ०१०८०६२६१२४ मा सम्पर्क गनुृहुन पनि आयोजकले आग्रह गरेको छ ।






