नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौ राष्ट्रिय अधिवेशन अगष्ट १८ मा हुने

0
125

कमला केसी/दक्षिण कोरिया
नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन कमिटि नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको ऐतिहासिक छैटौ राष्ट्रिय अधिवेशन हुने भएको छ ।
मञ्चको छैटौ राष्ट्रिय अधिवेशन यहि अगष्ट १८ तारिक आइतवार हुने भएको हो । समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीद्धारा वैधानिक विप्रेषण प्रवासवाटै मताधिकारको माग सहित छैटौ राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ आयोजित अधिवेशनलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष पम्फा भुसालले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । विशेष अतिथिको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य ओम शर्मा रहनुभएको छ ।
दक्षिण कोरिया स्थित 서울특별시 종로구 종로 386 1층 Dongmyo station exit 3 मा हुने कार्यक्रम आइतवार विहान ११ बजेदेखि शुरु हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै मञ्चको सांगठनिक, आर्थिक तथा बैचारिक विषयमा छलफल समेत हुने भएको छ ।
दक्षिण कोरियामा रहेका मञ्चमा आस्थावान सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि मञ्चले आव्हान समेत गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्