कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन आगामी सेप्टेम्बर १६ तारिकमा हुने भएको छ ।
दक्षिण कोरियाको सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा अधिवेशन आयोजना गरिएको हो ।
अधिवेशन नजिकिदै जाँदा संस्थाले आजीवन सदस्यता, नयाँ साधारण सदस्यता तथा सदस्यता नवीकरणलाई तीब्रता दिएको छ । दक्षिण कारियामा रहेका स्याङ्जालीहरुलाई सोही अनुरुपको सदस्यता प्राप्त गर्न र नविकरण गर्न पनि संस्थाले आग्रह गरेको छ ।
सन् १९९७ मा स्थापना भएको संस्थाले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको अध्यक्ष भक्त थापाले बताउनुभयो ।
स्याङ्जा परिवारले कोरियामा दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक यता सेल्टर स्थापना गर्दै सेवा प्रदान गर्दै आएको छ । स्याङ्जा परिवारले गृहजिल्लामा दुईवटा एम्बुलेन्स समेत हस्तान्तरण गरिसकेको वरिष्ठ उपाध्यक्ष सुशील गुरुङले बताउनुभयो ।
तेह्रौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, सदस्यहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले उपस्थितिका लागि अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२४ सेप्टेम्बर १६ (छुसकको दोश्रो दिन)
समय : दिनको ठिक १०:३० बजे
स्थान : सउल नमस्ते रेष्टुरेन्टको सभाहल (서울시 종로구 숭인동 316-2 금강빌딩 2F)
सदस्यता सम्बन्धी प्रावधानहरु :
शुल्कहरु :
१. आजीवन सदस्यता शुल्क १,००,०००/- वन (एक लाख कोरियन वन)
२. साधारण सदस्यता शुल्क २०,०००/- वन ( बीस हजार कोरियन वन)
(नोटः- साधारण सदस्यता को अवधि दुई वर्ष रहनेछ र दुई वर्ष पश्चात् पुनः नवीकरण गर्न सकिनेछ ।)
विशेषताहरुः
१. आजीवन सदस्यता नै किन ?
– अपनत्वको विकाससँगै आपसी भाईचारा र सद्भावसँगै परदेशी भूमि दक्षिण कोरियामा आइपर्ने मानवीय संवेगात्मक अनेकौँ सुख-दुःखमा संस्थागत सहकार्य र सहयोग प्राप्त गर्नको निम्ति ।
– स्वदेशी भूमि गृह जिल्लामा स्थापना रहेको कोरिया रिटर्ननिज स्याङ्जा परिवार संस्थाको स्वतः सदस्यता प्राप्त गर्नको निम्ति ।
२. साधारण सदस्यता नै किन ?
– अपनत्वको विकाससँगै आपसी भाईचारा बलियो बनाई परदेशी भूमि दक्षिण कोरियामा आइपर्ने अनेकौ सुख दुःख मा संस्थागत सहकार्य र सहयोग प्राप्त गर्नको निम्ति ।
सदस्यता शुल्कहरु जम्मा गर्नुपर्ने खाता नम्बर
Bank :- IBK bank
Ac no :- 52502952101015
Ac Holder name :- ARYAL ARJUN
Contact no :- 01064666260
विस्तृत जानकारीको लागी सम्पर्क :
१) अध्यक्ष, भक्त थापा ०१०४६७१६९१०
२) बरिष्ठ उपाध्यक्ष, सुशिल गुरुङ ०१०३०३०९०२९
३) उपाध्यक्ष, माधव अर्याल:- ०१०६८६८५१९७
४) सचिव, टोजिन्द्र गुरुङ ०१०२९६१९२२०
५) कोषाध्यक्ष, अर्जुन अर्याल ०१०६४६६६२६०
६) किम्हे बुसान शाखा अध्यक्ष, आशिष रानाभाट ०१०५९२२४४४६
७) थेगु शाखा, अध्यक्ष मिलन राना मगर ०१०५९३९२४८१