दक्षिण कोरिमा आयोजित बृहत अन्तरक्रियाको तयारी अन्तिम चरणमा, गगन थापा आउँदै

0
115

कमला केसी/दक्षिण कोरिया
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा आयोजित बृहत अन्तरक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालको आर्थिक एवम् लोकतान्त्रिक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग विषयक बृहत अन्तरक्रिया आगामी जुलाइ २८ तारिकमा कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा हुने भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा दक्षिण कोरिया आउँदै हुनुुहन्छ । उहाँसँगै पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने भएको छ । कार्यक्रमको मिति नजिकिदै जाँदा तयारीलाई तीब्र बनाईएको आयोजकले जनाएको छ ।
जुलाइ २८ तारिक आइतवार कोरियाको राजधानी सउलको दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी कार्यक्रम कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
साथै अघिल्लो दिन अर्थात् २७ तारिकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक प्रकाश धमलाले जानकारी दिनुभयो ।
दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक्रियामा सहभागी भइ विचारको आदान प्रदान गर्न जनसम्पर्क समिती दक्षिण कोरियाले आग्रह समेत गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्