दक्षिण कोरियामा तेस्रो भानुभक्त स्मृति कप भलिवल प्रतियोगिता हुँदै

0
305

कमला केसी
दक्षिण कोरिया- आदिकवि भानुभक्त आचार्यको स्मृतिमा दक्षिण कोरियामा तेस्रो भानुभक्त स्मृति कप भलिवल प्रतियोगिता हुने भएको छ ।
तनहुँ समाज दक्षिण कोरियाको आयोजनामा आगामी अगष्ट ११ मा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
आपसी मेलमिलाप र सहभागिता, खेलकुद विकासमा प्रवासीको एकता भन्ने नाराका साथ संचालन हुने प्रतियोगिता सुवोन स्थित अजौ युनभर्सिटीको खेल मैदानमा संचालन हुने भएको छ ।
खेलमा भाग लिन चाहने समुहले आगामी अगष्ट ४ तारिकसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २० लाख वन सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद १२ लाख वन, ट्रफि, मेडल र प्रमाणपत्र, र सान्त्वना दुई समुहलाई नगद ४÷४ लाख वन, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
खेल अगष्ट ११ तारिख विहान ८ बजे देखि संचालन हुने भएको छ । आदिकवि भानुभक्त आचार्यको स्मृतिमा संचालन गरिएको प्रतियोगितालाई भव्य रु सभ्य बनाउनका लागि कार्यक्रमा दर्शक भएर वा आर्थिक तथा भौतिक सहयोग गर्न समाजले आग्रह गरेको छ ।
प्रतियोगिताका खेल संयोजकमा शिव क्षेत्री, आर्थिक संयोजकमा मदन थापा तथा कोर्ट व्यवस्थापकमा खुम थापा रहनुभएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्