कमला केसी/दक्षिण कोरिया
कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजित बृहत भेटघाट तथा वनभोज कार्यक्रमको सवैजसो तयारी पुरा भएको छ ।
यहि जुलाई २० र २१ तारिखमा आयोजित कार्यक्रम 늘푸른캠프 मा गरिने भएको छ ।
“संगठित समूह नै परदेशको सहारा हो ” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय कास्की परिवार, दक्षिण कोरियाले नेपाली दाजुभाई तथा दिदीबहीनहरुबीच आपसी भाईचारा, समन्वय र सहकार्य बृद्धि गर्ने उद्धेश्यले दुई दिने कार्यक्रम आयोजना गरेको हो । जुलाई २०र २१ तारिख शनिबार र आइतबारका दिन 경기도 가평군 청평면 대성리 छठण्-द्द को 늘푸른캠프 मा हुने कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै नेपाली परिकार, आरामदायी बासको सम्पूणर् व्यवस्था सहितको वनभोज आयोजना गरिएको समाजका सन्तोष पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन र महिलाको लागि ७० हजार वन तथा जोडीमा आउने हरुको लागि १ लाख ५० हजार वन प्रवेश शुल्क तोकिएको छ ।
प्रवेश शुल्क 카스키 패밀리코리아 को HANA BANK मा रहेको खाता नम्बर 84091000984904 मा ट्रान्सफर गर्नुपर्नेछ । वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि सौलको दोङदेमुन स्टेसन र सुवन स्टेसनबाट निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । दोङदेमुन स्टेसनवाट विहान ५ः१५ बजे र सुवन स्टेसनबाट ५ बजे बस छुट्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहीनीहरुमा आयोजकले निमन्त्रणा गरेको छ ।






