दक्षिण कोरियामा सोनसिक आईडल- २०२४ संचालन गरिँदै

0
58
 
कमला केसी/दक्षिण कोरिया 
नेपाली गीत संगीतको समृद्धि र प्रवद्र्धनका लागि दक्षिण कोरियामा सक्रिय नेपाली विद्यार्थी समाजले सोनसिक आईडल २०२४ संचालन गर्ने भएको छ । आगामी जुलाई १७ गतेदेखि अडिसन संचालन गर्न थालिएको हो । दक्षिण कोरियामा रहेका नेपाली प्रतिभाहरुको पहिचान गर्दै उनिहरुको क्षमताको थप विकास र प्रवद्र्धनका लागि आईडल संचालन गर्न थालिएको समाजले जनाएको छ । 
अडिसन दुई चरणमा संचालन गरिने भएको छ । पहिलो चरणको अडिसन अनलाईन मार्फत संचालन गरिने भएको छ भने ग्राण्ड फिनाले सोनसिक महोत्सव तथा २१ औ अधिवेशनको बीचमा सम्पन्न गरिने आयोजकले जनाएको छ । 
समाजका अनुसार पहिलो अनलाईन अडिसन यहि जुलाई १७ गतेदेखि २९ गतेसम्म संचालन गरिने भएको छ । परिणाम घोषणा अगष्ट १ मा गरिने भएको छ । दोस्रो अनलाईन अडिसनमा पहिलो अडिसनवाट चयन भएका प्रतिभाहरुलाई सहभागि गराईने भएको छ । दोस्रो अनलाईन अडिसन जुलाई ३१ देखि अगष्ट ९ गतेसम्म सचालन हुने भएको छ । 
दोस्रो अडिसनका फाईनलिष्ट घोषणा अगष्ट ११ मा गरिने भएको छ । 
 
ग्राण्ड फिनालेमा भने उत्कृष्ट पाँच जनाबीच प्रतिस्पर्धा गराईने भएको छ । सोनसिकको बार्षिक साधारण सभाको अवसरमा प्रत्यक्ष प्रतिस्पर्धा गराईने भएको छ । 
प्रतियोगितामा सहभागिता जनाउनका लागि कोरियामा बसोवास गरी नेपाली गित संगितमा रुचि भएको, सहभागिहरुको तीन मिनेटको आफ्नै गायक प्रस्तुती भिडियो रेकर्डिङ गरी पेश गर्नुपर्नेछ । गितहरु कुनैपनि विधाको हुनुपर्ने तर नेपाली र नेपालको स्थानीय भाषामा हुनुपर्ने छ । प्रतियोगिताका लागि सहभागि शुलक १० हजार कोरियन वन निर्धारण गरिएको छ । 
समाजले मुल्यांकनको मापदण्ड समेत निर्धारण गरेको जनाएको छ । गायन क्षमता र तरिका, गीतको प्रस्तुती र भावना अभिव्यक्ति, स्टेज प्रस्तुती, मौलिकता र सृजनात्मकतालाई आधार बनाईने भएको छ । 
पहिलो अडिसनवाट २० जनालाई छनौट गरिने भएको छ भने दोस्रो अनलाईन अडिसनवाट ५ जनालाई छनौट गरी ग्राण्ड फिनालेमा जर्ज प्यानल र दर्शकको भोटद्धारा बिजेता घोषित गरिने भएको छ । 
थप जानकारीका लागि ०१०-५८३२-६२२१ मा सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्