कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय लुम्बिनी प्रदेश समाजको प्रथम अधिवेशन आगामी जुलाई ७ गते गरिने भएको छ ।
आगामी जुलाई ७ गते आइतवार आयोजना गरिएको अधिवेशन दक्षिण कोरिया स्थित नेपाल थाई रेष्टुरेन्टमा गरिने भएको छ । विहान ११ बजेदेखि शुरु हुने अधिवेशनले संस्थाका विभिन्न गतिविधिबारे समिक्षा गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने समाजकाअध्यक्ष हिमाल खनालले जानकारी दिनुभयो ।
अहिले तदर्थ समितिको रुपमा रहेको सामजले अधिवेशनपछि औपचारिक रुपमा समिति विस्तार गर्ने भएको छ ।
लुम्विनी बुद्धको जन्म स्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान भन्ने मुल नाराका साथ स्थापना भएको यो .समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।