गण्डकी भलिबल कप २०२४ को उपाधि बागलुङ समाजलाई

0
306

कमला केसी/दक्षिण कोरिया
गण्डकी प्रदेश समाज दक्षिण कोेरियाले आयोजना गरेको “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” को उपाधि बागलुङ समाजले हात पारेको छ ।
आइतवार सम्पन्न प्रतियोगितामा दोस्रो पुरस्कार थेसो परिवार र सान्त्वना पुरस्कार तनहुँ समाज र गल्मी समाजले जित्न सफल भएका छन् । “स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल” भन्ने नारा सहित प्रतियोगिता संचालन गरिएको हो ।
प्रतियोगितामा बागलुङका अशोक केसीले बेष्ट ब्लकर, थेसो परिवारका दिनेश क्षेत्रीले उत्कृष्ट लिफ्टर, थेसो परिवारकै किशोर नेपालीले उत्कृष्ट स्पाईकर र बागलुङका सुर्यजंग क्षेत्रीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल भएका छन् ।
खेल संयोजक श्रवण श्रेष्ठका अनुसार प्रतियोगितामा २० वटा समुहले भाग लिएका थिए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमश ः २० लाख र १२ लाख कोरियन वन सान्त्वना दुई टिमलाई जनही ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिएको संयोजक श्रवण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली दुतावास दक्षिण कोरियाका पुष्पराज भट्टराई, विशिष्ट अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो ।
गण्डकी कप २०२४भब्य, सभ्य र मर्यादित रुपमा सम्पन्न भएको समाजका अध्यक्ष प्रविन गिरीले बताउनुभयो । प्रतियोगिताका लागि आर्थिक भौतिक एवं नैतिक रुपमा सहयोग गर्नुहुने दक्षिण कोरिया स्थित संघसंस्थाका अध्यक्ष, स्वंयमसेवक, खेलाडी, निणर्ायक, प्रमुख अतिथि, बिशिस्ट अतिथि, मुख्य प्रायोजक, प्रायोजक, सह-प्रायोजक, मिडिया पाट्नर, सहयोगी व्यवसायीहरु एवं उपस्थिति दर्शकहरुलाई आयोजकले आभार व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्