नेपाली जनप्रगतिशील मञ्च सउल क्षेत्रीय कमिटिको अध्यक्षमा हाङसारुम्बा

0
153

कमला केसी/दक्षिण कोरिया
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया सउल क्षेत्रीय कमिटिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हर्क हाङसारुम्बाको अध्यक्षतामा १५ सदस्यीय सउल क्षेत्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
नवनिर्वाचित कमिटिको उपाध्यक्षमा दिपेश कार्कि र रोशन बम ठकुरी रहनुभएको छ । कमिटिको सचिबमा सागर राई तथा कोषाध्यक्षमा राधा घिमिरे निर्वाचित हुनुभएको छ ।
कमिटिका सदस्यहरुमा सबिना अधिकारी, प्रकाश आचार्य, गिरबहादुर बुढा मगर, बेगम खड्का, एलोन खड्का, रन बहादुर राउत, गोबिन्द कटुवाल, पुणर् थापा, डबल सुब्बा र नविन रेग्मी निर्वाचित हुनुभएको छ ।
मञ्चको तेस्रो सउल क्षेत्रीय अधिवेशन आइतवार राजधानी सउलको दोङ्देमुन शहरस्थित नेपाली थाई रेष्टुरेन्टको सभाहलमा गरिएको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कठायतले पार्टी सङ्गठनमा एउटा सशक्त कार्यकर्ता भइसकेपछि पार्टीको नीति र कार्यक्रमलाई लागू गर्नुको साथसाथै सहीलाई समर्थन र कतिपय गलत प्रवृत्तिलाई खुलेर आलोचना र विरोध गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले दक्षिण कोरियाको पार्टी सङ्गठनलाई मजवुत बनाउन सउल क्षेत्रीय कमिटी कोसेढुङ्गा सावित हुन विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रवीण गिरी, सङ्गठनको उपाध्यक्ष नविन पराजुली, महासचिव रूद्र बहादुर थापा, केन्द्रीय सचिव सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष बुद्धी बहादुर तामाङ, केन्द्रीय सदस्य दीपेन्द्र रोकाया, मान बहादुर विष्ट, इन्छन-खिम्पो क्षेत्रीय अध्यक्ष कमरेड निकेश आले (राम बहादुर), छनान-फेन्थेक क्षेत्रीय उपाध्यक्ष रामसिंह राई, ईन्छन-खिम्पो क्षेत्रीय उपाध्यक्ष जय राई, ईन्छन-खिम्पो क्षेत्रीय सचिव गणेश सञ्ज्याल, इन्छन खिम्पो क्षेत्रीय कोषाध्यक्ष मङ्गल शाही लगायतको सहभागिता रहेको थियो ।
क्षेत्रीय अध्यक्ष केदार निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत सागर राईले गर्नुभएको थियो भने सञ्चालन हर्क हाङसारुम्बाले गर्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्