कमला केसी/दक्षिण कोरिया
गण्डकी प्रदेश समाज दक्षिण कोेरियाले “गण्डकी कप भलिबल प्रतियोगिता २०२४” आयोजना गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल” भन्ने नारा सहित आउँदो मे १२ मा प्रतियोगिता संचालन गर्न थालेको हो । नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूणर् भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमश ः २० लाख र १२ लाख कोरियन वन प्रदान गरिने र सान्त्वना दुई टिमलाई जनही ४/४ लाख कोरियन वन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी दिनुभयो ।
स्थापनाकाल देखि परोपकारी कार्यमा संलग्न रहँदै आएको यस संस्थाले अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा गरिएको समाजका महासचिव विदुर शर्माले स्पष्ट पार्नुभयो ।
“गण्डकी कप भलिबल प्रतियोगिता २०२४” मा टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वन रहेको र टिम दर्ता अन्तिम मिति २०२४ अप्रिल ५ सम्म कायम गरिएको छ । प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजकले जनाएको
छ ।
थप जानकारीका लागि सम्पर्क व्यक्ति र नम्वरहरु ।
श्रवण कुमार श्रेष्ठ ०१०-९८६७-३३५० (खेल संयोजक)
देवि गौतम ०१०-५५७४-३५५८
किसन पौडेल ०१०-२५४९-४४९०
खेम थापाः ०१०-७३५६-९६६५
कुमार गुरुङ ०१०-५६८३-६३९८
निर्मला नेपाली ०१०-९८३१-९७१०
केदार गौतम ०१०-९१४६-५५३२
रकम संकलनको लागि :
KEB HANA BANK
155-910046-74404
건더기 프러데스 서마즈 코리아