दक्षिण कोरियामा होली महोत्सव भव्य रुपमा सम्पन्न (फोटोफिचर)

0
203

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियाको आनसान शहरमा फागु पुणर्िमाको अवसरमा आयोजित होली महोत्सव-२०२४ भव्य रुपमा सम्पन्न भएको छ ।
दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा आइतवार होली महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा एक हजार दुई सय भन्दा बढिको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दुतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईले प्रवासमा भएपनि नेपाली चाडपर्वलाई भव्य रुपमा मनाउनेगरी महोत्सव आयोजना गरेकोमा संस्थाको प्रसंसा गर्नुभएको छ । धर्मसंस्कृतिको संरक्षण र जगेर्नालेनै मावन सभ्यतालाई सुसज्जित, इमान्दार र अनुशासित र कर्तव्यनिष्ट बनाउने भएकाले हाम्रा धर्म संस्कृतिको सवैले जगर्नो गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति अध्यक्ष हरि खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दक्षिण कोरिया समाज अन्तर्गत प्रदेश र जिल्ला अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
पाँच स दक्षिण कोरियाका अध्यक्ष विष्णु थापा र बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले होली महोत्सव भव्य रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रम संयोजक रुपक केसी रहनुभएको थियो । महोत्सवमा कलाकारहरु सजिना थापा, मिलन सापकोटा, कमल विरही थापा लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रमको संचालन मनोज भुसालले गर्नुभएको थियो ।
सो अवसरमा पत्रकार कमला केसीलाई दक्षिण कोरियाको विश्वविद्यालयवाट विद्यावारिधी गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्