कमला केसी/दक्षिण कोरिया
नेपाली कथानक चलचित्र “महाजात्रा” दक्षिण कोरियामा भव्य प्रदर्शन हुने भएको छ ।
बागमती प्रदेश एकता समाजको सहकार्य तथा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” प्रदर्शन गर्न थालिएको हो ।
यहि मार्च २४ तारिख दक्षिण कोरिया स्थित सउलको दोङ्देमुनमा प्रदर्शन हुने आयोजकले जनाएको छ । आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिखमा विहान ११ः३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “महाजात्रा” अबलोकनका लागि आयोजकले सवै नेपाली दिदीबहीनीहरुलाई आव्हान गरेको छ । प्रदर्शन स्थलमा जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिने बताईएको छ ।
विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र सउल सोको अग्रिम टिकट बुकिङको लागि जि मनि ट्रान्स रेमिट्यान्सको एप बाट बुकिङ गर्न सकिने भएको छ । कार्यक्रम स्थलमा सेन्टबी रेमिट्यान्सको सम्पूणर् कार्य पनि गर्न सकिने आयोजकले बताएको छ ।
दक्षिण कोरियामा रहनुभएका सम्पूणर् नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले अनुरोध गरेको छ । मनोरञ्जन सँगै नेपाली कला संस्कृति जन्य कथा बस्तुमा आधारित चलचित्र हेरेर संस्थाको कार्यक्रमलाई समेत गरिमा बढाईदिन आयोगकले आग्रह गरेको छ ।