वडादशैंको अवसरमा दक्षिण कोरियामा टीका–जमरा ग्रहण तथा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

0
30

सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा नेपाली कला, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्दै आएको सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) ले वडादशैंको अवसरमा टीका–जमरा ग्रहण तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रवासमा रहेर पनि नेपाली मौलिक चाडपर्व, संस्कार र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आपसी आत्मीयता तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा वडादशैंको टीका तथा जमरा ग्रहण, विभिन्न कलाकारहरूको नृत्य तथा गायन प्रस्तुति, नेपाली मौलिक पञ्चेबाजा तथा अन्य विविध सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

कार्यक्रम अक्टोबर २५, २०२६ आइतबार बिहान ११ बजेदेखि सउलको 종로구 종로 386 (Seoul Metro Line No.1/6, Dongmyo 앞 नजिक) आयोजना हुनेछ।

नेपाली समुदायबीच आपसी सद्भाव, आत्मीयता र सांस्कृतिक एकताको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूलाई उपस्थित भई वडादशैंको खुसी साटासाट गर्न आयोजकले आग्रह गरेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजकले महेन्द्र सापकोटा (010-5859-2606), मनोज भुसाल (010-5691-9602) र दुर्गा कुँवर (010-4832-0291) लाई सम्पर्क गर्न सकिने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्