नवलपुर समाजको छुुसक विशेष कन्सर्ट सञ्चालन गर्दै रेशमा राई र भूमि गुरुङ

0
14

दक्षिण कोरिया। नवलपुर समाज दक्षिण कोरियाको पहिलो प्रस्तुतिका रूपमा आयोजना हुन लागेको छुुसक विशेष लाइभ कन्सर्टको सञ्चालन रेशमा राई र भूमि गुरुङले गर्ने भएका छन्। नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहने कार्यक्रममा राई र गुरुङले उद्घोषकको भूमिका निर्वाह गर्नेछन्।

आगामी सेप्टेम्बर २५, २०२६ मा दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रम माङवल्सा स्टेसननजिकै रहेको सिन्हान विश्वविद्यालयमा आयोजना हुनेछ। कोरियाको छुुसक बिदाका अवसरमा हुने कन्सर्टमा तृष्णा गुरुङ एन्ड द कोलाब, पूर्ण राई एन्ड दाजुभाइहरू तथा गायक अर्जुन सापकोटाको प्रस्तुति रहनेछ।

फरक सांगीतिक स्वादका कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएकाले दर्शकले आधुनिक तथा लोकसंगीतको रमाइलो अनुभव लिन पाउनेछन्। सांगीतिक प्रस्तुतिसँगै रेशमा राई र भूमि गुरुङको कार्यक्रम सञ्चालनले कलाकार र दर्शकबीच आत्मीयता जोड्ने अपेक्षा गरिएको छ।

नवलपुर समाज दक्षिण कोरिया आयोजक रहेको कार्यक्रमको मुख्य सहयोगी धराने इभेन्ट्स कोरिया रहेको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरण संस्था र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय संस्थाका रूपमा रहेका छन्।

कार्यक्रमको पोस्टरमा अनलाइन टिकट खरिदका लागि क्यूआर कोडसमेत उपलब्ध गराइएको छ। छुुसकको बिदामा नेपाली गीतसंगीतसँग रमाउँदै भेटघाट गर्ने अवसरका रूपमा यो कन्सर्ट आयोजना हुन लागेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्