नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा ‘ऐम, एक्ट, अचिभ’ वक्तृत्वकलामा देवघाटधाम प्रथम

0
20

हेटौँडा लेडि जेसीजको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०८३ अन्तर्गत राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको प्रकरण ‘ऐम, एक्ट, अचिभ’ विषयमा आयोजित वक्तृत्वकला अर्थात् प्रवचनमाला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा जेसी देवेन्द्र सापकोटा (जेसीआई देवघाटधाम) प्रथम, जेसी आदर्श सुवेदी (जेसीआई पोखरा) द्वितीय र जेसी निशा विष्ट (जेसीआई पालुङ) तृतीय भएका छन्।

नेपाल जेसीज क्षेत्र ‘ख’को आयोजनामा भएको सम्मेलनका क्षेत्र निर्देशक जेसी सुशिला पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा प्रमुख अतिथि तथा जेसीआई सिनेटर जीवन कार्की विशेष अतिथिका रूपमा सहभागी थिए। प्रतियोगिताको प्रमुख निर्णायकमा सिनेटर दीपकराज मिश्र रहेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्