दक्षिण कोरियामा नेपाली विद्यार्थीका लागि ‘सोनसिक’ कार्यक्रम शुरु हुँदै

0
66

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको भाषागत समस्या समाधानका लागि सोनसिक कार्यक्रम शुरु हुने भएको छ ।
नेपाली विद्यार्थीहरुको दैनिक जीवनमा भाषागत समस्याको न्यूनिकरणका लागि आगामी मार्च १२ देखि लर्न वीद सोनसिक कार्यक्रमको शुरुवात गर्न लागिएको हो । भाषागत समस्याका कारण थुप्रै विद्यार्थीहरुले समस्या झेल्दै आएको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम थालिएको नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले जनाएको छ ।
कार्यक्रमको पहिलो चरणमा ३ महिनाको अनलाइन कक्षा सञ्चालन गरिने भएको छ भने पहिलो चरणको प्रभावकारिताको आधारमा दोश्रो चरण सञ्चालन गर्दै त्यसलाई आवस्यकता अनुरूप परिमार्जन गरि निरन्तर अगाडि बढ़ने योजना समाजले बनाएको छ ।
पहिलो चरण आगामि मार्च १२ तारिख देखि शुरुवात गरिने भएको छ । हरेक हप्तामा एक पटक कक्षा संचालन गरिने आयोजकले जनाएको छ । कक्षाको समय तालिका आफ्नो नाम दर्ता गर्दा भर्नु पर्ने गुगल फर्ममा राखिएको छ । आफुलाई उपयुक्त हुने समय छानेर नाम दर्ता गर्न सकिने छ । आबेदन पुरा भएका विद्यार्थीहरुलाई कक्षाका लागि ज़ूम मीटिङको लिङ्क ईमेल मार्फत पठाइने भएको छ । ईच्छुक सम्पूणर् विद्यार्थीहरुले मौकाको फाईदा उठाउन पनि समाजले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्