कमला केसी/दक्षिण कोरिया
सनातन, साहित्य, संगित साधन समुह पाँच स दक्षिण कोरियाले लिएको श्री स्वस्थानी ब्रतकथाको भव्य रुपमा सांगेता गरिएको छ ।
पाँच स दक्षिण कोरियाको पुस्तकालय आनसानमा आइतवार भजन कृतन सहित भव्य रुपमा कार्यक्रम गरिएको हो ।
एक महिनासम्म कर्ताको रुपमा संस्थाका सचीव जयन्ती घिमिरे, सक्रिय सदस्य शशिकला नेपाल र दुर्गा कुंवरले ब्रत गर्नुभएको थियो । संस्थाका संरक्षक कमल भण्डारी, उपाध्यक्ष अर्जुन थापा र सक्रिय सदस्य सृजना कार्कीले प्रसाद व्यवस्थापन गर्नुभएको थियो ।
पण्डित चेतन ढुंगाना, महेन्द्र सापकोटाले पाठपरायण गर्नुभएको थियो भने भजन कृतनको संयोजन बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले गर्नुभएको थियो ।
सांगेतामा करिव एकसय भक्तजनको उपस्थिति रहेको थियो । संस्थाले आउने मार्च ८ मा शिवरात्रिको बिधिवत पुजाआजा हुने साथै ९ गते भजन कृतनहुने वरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी गराउनुभएको छ । उक्त अवसरमा उपस्थितिका लागी सम्पूर्ण भक्तजनहरुमा अर्यालले आव्हान गर्नुभएको छ ।