सिओल, दक्षिण कोरिया सिर्जना नेपाली, प्रबन्धक – Korean Beauty Court
कोरियामा वसन्त ऋतु सुरु भएसँगै चेरी ब्लोसमले वातावरण आकर्षक बनाउँछ। तर यही मौसममा तापक्रमको उतारचढाव, सुख्खा हावा र धुलोका कारण छालासम्बन्धी समस्या बढ्ने गरेको विशेषज्ञहरू बताउँछन्। वसन्तमा बिहान र दिउँसोको तापक्रमबीच ठूलो अन्तर हुने ‘इल्ग्योछा’ले छालालाई संवेदनशील बनाउँछ। रक्तनलीको तीव्र संकुचन र विस्तारले छालाको सूक्ष्म रक्तसञ्चारमा असर पार्दै रातोपन, चिलाउने वा जलनजस्ता समस्या देखिन सक्छन्।
त्यस्तै, कम आर्द्रताका कारण छालाबाट पानीको क्षय बढ्छ, जसलाई ट्रान्सएपिडर्मल वाटर लस भनिन्छ। यसले छाला सुख्खा, खस्रो र चाउरी देखिन थाल्छ।
मिसेमन्जी र पहेंलो धुलो पनि अर्को प्रमुख कारण हो। सूक्ष्म धुलोका कण छालाका छिद्रमा पस्दा अक्सिडेटिभ स्ट्रेस बढाउँछन्, जसले कोलाजेनमा क्षति पुर्याई एक्ने र समयपूर्व बुढ्यौली निम्त्याउन सक्छ। विशेषज्ञहरू नियमित क्लिन्जिङ, सनस्क्रिन प्रयोग र मोइस्चराइजरमार्फत छालाको हेरचाह गर्न सुझाव दिन्छन्। साथै, बाहिर जाँदा छाला सुरक्षित राख्ने र प्रदूषणपछि डिप क्लिनिङ गर्न पनि आवश्यक मानिन्छ।
क्लिनिकल रूपमा छालाको गहिराइसम्म सफा गर्ने, हाइड्रेशन कायम गर्ने र स्किन ब्यारेयर सुधार गर्ने प्रविधिहरू प्रयोग भइरहेका छन्। यस सन्दर्भमा Korean Beauty Court ले हाइड्रोफेसियल, अक्सिजन थेरापी तथा अल्ट्रासाउन्ड प्रविधिमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
डिस्क्लेमर: यो सामग्री प्रायोजित स्वरूपमा तयार गरिएको हो।






