सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार Seoul को दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। “आपसी सद्भाव, सहयोग र सदाचार—सिन्धुपाल्चोकवासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको संस्थाको अधिवेशन भव्य रूपमा सम्पन्न भएको हो।
NRNA Korea की अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजु लामाको सभाध्यक्षता तथा कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा उद्धव नेपाल खत्रीलाई निर्वाचित गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवमा भुवन दाहाल, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा, राजेश पराजुली, कुमारी तामाङ, आरजु खनाल, रुजन ढकाल, प्रज्वल तामाङ र रवी खड्का निर्वाचित भएका छन्।
कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सहयोगलाई अझ सुदृढ बनाउँदै समुदायको हितमा काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए। साथै, संस्थाले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अधिवेशनकै अवसरमा MTU का अध्यक्ष उदय राईलाई सम्मान तथा हौसला स्वरूप सहयोग रकम प्रदान गरिएको थियो। साथै, पाँचौं कार्यसमितिका कार्यकालमा योगदान पुर्याएका सल्लाहकार तथा संरक्षकहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।






