नयाँ वर्ष २०८३ को अवसरमा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

0
4

लोक संगितको खानी पर्वत जिल्लामा जन्मिनु भएका गायक तथा सर्जक अमृत विश्वकर्माले धेरै समयको अन्तराल पछि आफ्नो नया सृजना नेपाली संगित प्रेमिहरुको लागी सुम्पिनु भएको छ । “ नया बर्ष २०८३ सालको शुभकामना सहित दर्शक श्रोताको  लागी सांगितिक उपहार “दिलबस्यो “ गित लिएर आउनु भएको छ ।  अमृत विश्वकर्माको रचना संगीतमा तयार भएको उक्त गितमा अहिलेका बहु चर्चित संगित संयोजक  HBN KISMAT (एच.बि.एन. किस्मत )  ज्युको संगित संयोजन रहेको छ । गित किस्मत कै रेकर्डिङ स्टुडियो ONE DB HD (the next level) मा रेकर्डिङ भएको थियो भने रेकर्डिङमा  राज खड्का, व्यवस्थापनमा  कुमार विश्वकर्मा अनि मिक्सिङ मास्टरिङ भने संगित संयोजक किस्मतले नै गर्नुभएको छ । गायनमा चाहि अमृत विश्वकर्मालाई देवि घर्ति मगरको सुमधुर साथ मिलेको छ

त्यस्तै उक्त गितको भिडियो पनि निक्कै राम्रो बनेको छ भने छोटो समयमा (एक हप्ता मै )  लाख भन्दा बढि दर्शकले हरेर राम्रो भएको प्रतिक्रिया दिएका छन । अहिलेका चर्चित नृत्य निर्देशक मौसम  हिमालीको निर्देशनमा चर्चित क्यामेरामेन नवराज उप्रेती  हुनुहुन्छ अनि अभिनयमा भने अमृतलाई  बहुचर्चित मोडेल जुना विश्वकर्माको साथ रहेको छ । थप २० जना डान्सरहरुको साथमा मकवानपुरको चित्लाङमा छांयाकन गरिएको उक्त भिडियो चर्चित सम्पादक मनोज कार्कीले सम्पादन गर्नुभएको छ । आई टि सपोर्टको लागी राजेन्द्र अर्यालको साथ रहेको छ । विशेष त  यो गितको रेकर्डिङ देखि भिडियो सम्पादनको कार्य अनि युटुब अपलोड सम्मको अवधिमा आफ्नो व्यस्ततालाई व्यवस्थापन गरी गायक क्षितिज सुनारले विर्सना नसकिने साथ दिनु भएको कुरा सुनाउदै हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभएको छ । 
१२ बर्षमा खोला फर्किन्छ भने झै करिब १२ बर्ष पछि पुन संगितमा फर्किनुभयो गायक तथा सर्जक अमृत विश्वकर्मा । यस अघि उहाका  “दाई नभन ल “(बहुचर्चित गित), “हरे शिव राम” (बहुचर्चित गित), “दुई दिने यो चोला” (चर्चित गित), “पिरले छाति जल्छ”, “तिमी कति राम्री” लगायत धेरै गितहरुले लाखौ श्रोता दर्शकको मन जितिसकेका छन । रचना र संगितबाट सांगीतिक दुनियामा प्रवेश गरेका गायक तथा सर्जक अमृत विश्वकर्माले रचना/संगित गरेका गितहरु एक सय भन्दा बढि भएको कुरा हामीलाई जानकारी दिनुभएको छ । पहिलेका सृजनाले जस्तै यो सृजना “दिल बस्यो”ले पनि पक्कै दर्शक श्रोताको मन जित्न सफल हुनेछ भन्ने आशा व्यक्त गर्दै आफु धेरै समय पछि संगितमा फर्किएकोले केहि अप्ठ्यारा परिस्थितीहरु तथा समयको तालमेलमा कठिनाई भएको कुरा पनि हामीसगको कुराकानीमा उल्लेख गर्नुभएको छ ।

पर्वतको माटोमा, हावा पानीमा, वन पाखामा  , खोला नालामा , लहरामा छहरामा, गाउ समाजमा जतासुकै लोक संगितको अनुपम सुगन्ध भेट्न सकिन्छ । त्यसैले त अबको जिवनकाल संगित मै विताउने मनसाय बनाउनु भयो उहाले । रोचक कुरा त के छ भने उहा विगत १२ बर्ष देखि दक्षिण कोरियामा बसोबास गर्दै आउनु भएको छ । परदेशको बसाई अनि घरदेशको पिर, यो हामी लाखौ नेपालीहरुको पिडा हो । आफ्नो भाषा, कला, संस्कृतिको जगेर्नाको लागी उहाले पुर्याउनु भएको योगदानको कदर गरौ । उहाको यो उर्जालाई थप गर्नको लागी तपाई हाम्रो साथ र सपोर्टको आवश्यकता पक्कै पनि पर्दछ । उहाको युटुब च्यानललाई सस्क्राईब गरेर आगामी दिनमा अझै उत्कृष्ठ सृजनाको लागी हौसला प्रदान गरौ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्