कोरियामा “दोस्रो हवासङ एनएफसी फुटसल कप २०२६” आयोजना हुँदै

0
11

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ “दोस्रो हवासङ एनएफसी फुटसल कप २०२६” आयोजना हुने भएको छ।
हवासङ नेपाल फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी अप्रिल १९ तारिखका दिन छनानस्थित (चोनान सि, दोङनाम गु, सिनबाङ दोङ ६४५–१) मा रहेको फुटसल मैदानमा सञ्चालन गरिनेछ।
आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले ३५ लाख वन, उपविजेताले २० लाख वन तथा सेमिफाइनलमा पुग्ने टिमहरूले ४ लाख वन पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वन प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुनका लागि प्रवेश शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने दर्ताको अन्तिम मिति अप्रिल १२ रहेको छ।
उक्त प्रतियोगिताले कोरियामा रहेका नेपाली क्लबहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ।
आयोजकले सबै इच्छुक तथा प्रतिष्ठित नेपाली क्लबहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणासमेत गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्