कर्णाली प्रदेश समाज, दक्षिण कोरिया”ले आफ्नो चौथो अधिवेशन आयोजना गर्ने

0
52

दक्षिण कोरियामा बसोबास गर्दै आएका कर्णालीवासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित “कर्णाली प्रदेश समाज, दक्षिण कोरिया”ले आफ्नो चौथो अधिवेशन आयोजना गर्ने भएको छ।
समाजले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन २०२६ मे २ (आइतबार) दिउँसो ठीक १२ बजे सुरु हुनेछ। कार्यक्रम सियोलको दोङ्देमुनस्थित नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आयोजना गरिनेछ, जहाँ कोरियामा रहेका कर्णाली प्रदेशका साथै सम्पूर्ण नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
अधिवेशनमार्फत संस्थाको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना तय गरिने जनाइएको छ। आयोजकले सबै महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।
प्रवासी भूमिमा कर्णालीवासीहरूको पहिचान, एकता र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको यो अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्