ब्रेन ट्युमर पिडित पर्वतका कर्मचारीलाई संगठनद्धारा आर्थिक सहयोग हस्तान्तरण

0
30

पर्वत- ब्रेन ट्युमर जस्तो गम्भीर रोग लागेर उपचाररत पर्वतका एक कर्मचारीलाई आर्थिक सहयोग गरिएको छ ।
जिल्ला अदालत पर्वतमा नायब सुब्बा पदमा कार्यरत नेत्रप्रसाद तिवारीलाई नेपाल निजामती कर्मचारी संगठन पर्वतले आर्थिक सहयोग गरेको हो । कर्मचारी कल्याण कोष केन्द्रवाट प्राप्त हुन आएको २५ हजार रुपैया सहयोग गरिएको हो । नेपाल निजामती कर्मचारी संगठनका सदस्यले उक्त कोषवाट उपचार खर्च स्वरुप सहयोग पाउने व्यवस्था रहेको छ ।
उक्त रकम आइतवार दिउँसो प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यद्धारा पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बालकृष्ण शर्मा सहित पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
रकम हस्तान्तरण गर्दै उपचाररत तिवारीको सिद्द्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा निवासी तिवारी नेपाल निजामती कर्मचारी संगठनमा समेत आवद्ध हुनुहुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्