कमला केसी/दक्षिण कोरिया
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन आगामी मार्च ३ मा हुने भएको छ ।
मञ्चको हालै सम्पन्न बैठकले मार्च ३ गते आइतवार भव्य रुपमा अधिवेशन गर्ने निणर्य गरेको हो । नेपाली थाई रेष्टुरेन्ट २ नं. गेटमा हुने अधिवेशनमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत तथा छलफल हुनुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुने अर्घाखाँची मञ्चका अध्यक्ष हिमाल खनालले जानकारी दिनुभयो ।
कार्यक्रम विहान ११ बजेवाट संचालन हुने छ । मञ्चले अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कोरियामा रहेका सवै संघ संस्था, शुभचिन्तक, जिल्लावासी तथा नेपालीहरुमा उपस्थितिका लागि अनुरोध गरेको छ ।