सलनालको अवसरमा दक्षिण कोरियामा युवा उद्यमशीलता तथा सेयर बजार तालिम–२०२६ सञ्चालन हुँदै

0
111

दक्षिण कोरिया — कोरियन पर्व सलनाल को शुभ अवसरमा उद्यमशील युवा मञ्च, दक्षिण कोरिया को आयोजनामा युवा उद्यमशीलता तथा सेयर बजार तालिम–२०२६ सञ्चालन हुने भएको छ। युवाहरूलाई उद्यमशीलता र सेयर बजारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

तालिम आगामी फेब्रुअरी १५, १६, १७, १८ र २१ गते गरी पाँच दिनसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन साँझ ६:०० बजे देखि १०:०० बजे सम्म हुने तालिमको कुल अवधि २० घण्टा रहनेछ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहभागीहरूलाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ भने तालिम अवधिभर सञ्चालन गरिएका कक्षाहरूको भिडियो रेकर्डिङ समेत सहभागीहरूलाई उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ।

यसैगरी तालिममा सहभागीहरूले घरमै बसेर Mero Share, Demat तथा Broker खाता निःशुल्क खोल्न सक्ने सुविधा पाउनेछन्। एक व्यक्तिले दुईवटासम्म खाता निःशुल्क खोल्न सक्ने व्यवस्था गरिएको छ।

तालिमपछि कुनै विषयमा अस्पष्टता भएमा पुनः निःशुल्क फिडब्याक कक्षा सञ्चालन गरिने आयोजकको भनाइ छ। सीमित सिट भएकाले इच्छुक सहभागीहरूलाई समयमै दर्ता गर्न अनुरोध गरिएको छ।

थप जानकारी तथा दर्ताका लागि आयोजक संस्थाको वेबसाइट

www.udhamshilyouthkr.com

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्