दक्षिण कोरियामा कार्यरत नेपाली प्रतिनिधि मनोज नेपाल, DB손해보험 मार्फत लगातार ठूलो–ठूलो बीमा अवार्ड प्राप्त गर्न सफल भएका छन्।
कोरियाभरि बितरण प्रतिस्पर्धी अवार्डमध्ये ‘बेस्ट इन्स्योरेन्स अवार्ड’ पाउन योग्य ठहरिनु नेपाली समुदायका लागि खुशी र सम्मानको विषय बनेको छ। 
मनोज नेपालले आफूलाई निरन्तर सहयोग र साथ दिएको परिवार, DB손해보험 टोली तथा सम्पूर्ण शुभेच्छुकहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।
नेपाल लामो समयदेखि DB손해보험 (प्राइभेट विमा कम्पनीमा कार्यरत हुनुहुन्छ )
सरकारी विमाले समेट्न नसकेको क्षतिपुर्ति
निजि विमा कम्पनीबाट लिन सकिने हुनाले पनि यो विमा गर्ने नेपालीहरुको संख्यापनि बड्दै गईरहेको छ । 
उहाँले भन्नुभयो, “आगामी दिनमा पनि यस्तै मेहनतका साथ काम गर्दै, कोरियामा रहेका नेपालीको आवाज उठाउने र आफ्नो देश नेपाललाई अझ चिनाउने प्रयास निरन्तर जारी रहनेछ।”

यस अवार्डले कोरियामा विभिन्न क्षेत्रमा सक्रिय नेपालीहरूको क्षमताको प्रमाण प्रस्तुत गरेको छ।






