प्रथम गाउँपालिका अध्यक्ष कप अन्तर्गत मोदीमा पुरुष ब्याडमिन्टन B/C लेभल प्रतियोगिता सम्पन्न

0
67

प्रथम गाउँपालिका अध्यक्ष कप अन्तरगत मोदी गाउँपालिकाको आयोजनामा तथा मोदी ब्याडमिन्टन संघको समन्वयमा सम्पन्न पुरुष ब्याडमिन्टन (डबल्स) B/C लेभल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा B लेभल तर्फ लक्ष्मण कुमार श्रेष्ठ र जगदीश सुवेदीको जोडिले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्। त्यस्तै C लेभल तर्फ निर्दोष लामिछाने र बिनोद सेन्चुरीको जोडिले शानदार खेल प्रदर्शन गर्दै विजेता बन्न सफल भएका छन्।

विजेता तथा सहभागी सबै खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्दै आयोजक पक्षले प्रतियोगिताको सफल समन्वयमा सहयोग पुर्‍याएको मोदी ब्याडमिन्टन संघ, साथै उत्साहपूर्वक सहभागी सबै खेलाडी तथा व्यवस्थापनमा खटिने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गरेको छ।

यस किसिमका खेलकुद गतिविधिहरूले स्थानीय स्तरमा प्रतिभा पहिचान र खेल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै आयोजकले आगामी दिनमा अझ आकर्षक तथा स्तरिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्