पर्वत समाज दक्षिण कोरियाको पाँचौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन अध्यक्षमा बिमल खत्री

0
73

पर्वत समाज दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ र अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वको जिम्मेवारी बिमल खत्रीले अध्यक्षका रूपमा पाउनु भएको छ । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा आशिष् गुरुङलाई चयन गरेको छ भने उपाध्यक्षमा मेघ पौडेल र प्रकाश पाण्डे निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा श्रीजना तिवारी रहनुभएको छ । महासचिवमा जीवन पौडेल, सचिवद्वयमा कृष्ण प्रसाद भुसाल र सलिन शर्मा, कोषाध्यक्षमा सरोज कार्की तथा सह–कोषाध्यक्षमा विष्णु सापकोटा चयन भएका छन्। सदस्यका रूपमा कृष्ण सुवेदी (कुमार), अर्जुन हमाल, प्रविन जिसी, अनिल पौडेल, प्रकाश शर्मा, बिक्रम काफ्ले, संजोग भुसाल, मिलन बिक, सुरेश थापा र सन्तोष सेन निर्वाचित भएका छन्। यस्तै खेलकुद संयोजकको जिम्मेवारी सरोज गुरुङलाई दिइएको छ। अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको भन्दै संस्थाका सदस्यहरूले नयाँ कार्यसमितिबाट समुदाय उन्मुख, सक्रिय र परिणाममुखी कार्यको अपेक्षा व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संस्थागत सबलीकरण, एकता र सहयोगमार्फत मातृ जिल्लामुखी गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्