नेपाल गोरखा परिवार दक्षिण कोरियाको १३औं अधिवेशन सम्पन्न, देवी गौतम अध्यक्षमा चयन

0
157

दक्षिण कोरिया । सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। गत आइतबार (अगस्ट १७, २०२५) सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा देवी गौतम चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा राजन बोहोरा निर्वाचित भए। उपाध्यक्ष पदमा अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ र सुमन थापा चयन भएका छन् भने महिला उपाध्यक्षमा मिता गुरुङ निर्वाचित भएकी छन्।

महासचिवमा अशोक खड्का, सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराई निर्वाचित भए। त्यस्तै, कोषाध्यक्षमा सहदेब बनियाँ, सह–कोषाध्यक्षमा गुणराज सिर्मल, महिला संयोजकमा शिखा थापा र विद्यार्थी संयोजकमा तारानाथ लामिछाने निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यतर्फ मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन् कोइराला, शिखर लम्साल, पुष्प तामाङ, दिपजङ थापा र रमेश शावा चयन भएका छन्।

संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया र नेपालमा विभिन्न सामाजिक कार्य, सहयोग तथा समुदायमूलक कार्यक्रम गर्दै आएको जनाएको छ। “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित अधिवेशन सम्पन्न भएको थियो। कार्यक्रममा कोरियाबासी नेपाली समुदाय, विभिन्न संघ–संस्था तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्