दक्षिण कोरिया — दक्षिण कोरियामा रहेका नेपाली समुदायका लागि खुसीको खबर! राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले “पारिवारिक भेटघाट तथा सांगीतिक कार्यक्रम” आयोजना गर्ने भएको छ।
गर्मी बिदाको रमाइलो अवसरलाई लक्षित गर्दै “Summer Vacation Joyful Moment 2025” शीर्षकमा आयोजना गरिन लागेको यो विशेष कार्यक्रम आउँदो अगस्ट २ तारिख, शनिबार बेलुकी ८ बजेबाट सुरू हुनेछ। कार्यक्रमको स्थान भने Great Himalaya Restaurant, 경기도 수원시 팔달구 매산로 7-1, 3층 मा तोकिएको छ।
संस्थाले “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, झ्याउरेको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने नारालाई आत्मसात् गर्दै नेपाली सांस्कृतिक सम्पदाको प्रवर्द्धन र नेपाली समुदायबीचको आपसी सञ्जाल बलियो बनाउन यस्तो कार्यक्रम ल्याएको हो।






