दक्षिण कोरिया – नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सनातन, साहित्य, सङ्गीत, साधना समूह (पाँच स) दक्षिण कोरियाले पवित्र श्रावण महिनाको अवसरमा विशेष धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको छ।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आगामी श्रावण १८ गते (अगस्ट ३ तारिख), आइतबारका दिन “रुद्राभिषेक तथा शिव महिमा भजन प्रतियोगिता” कार्यक्रम आयोजना गरिने भएको हो।
कार्यक्रम बिहान ९:३० बजेबाट रुद्राभिषेक पूजा समारोहसँग सुरु हुनेछ भने भजन प्रतियोगिता बिहान ११:५० बजेबाट प्रारम्भ हुनेछ।
समूहले समस्त सनातन प्रेमी महानुभावहरूलाई उक्त पावन अवसरमा उपस्थित भई धार्मिक लाभ प्राप्त गर्न तथा भजन प्रतियोगितामा सहभागी भई आफ्नो भक्तिभाव प्रकट गर्न हार्दिक अनुरोध गरेको छ।
विशेष अनुरोध
रुद्राभिषेक पूजा समारोहमा कर्ता को रूपमा सहभागी हुन इच्छुक महानुभावहरूले आयोजकमण्डलसँग सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ, जसअनुसार पूजामा सक्रिय सहभागिता जनाउन सकिनेछ।






