पर्वत समाज जापानको आठौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन रामप्रसाद बास्तोला अध्यक्षमा निर्वाचित

0
208

जापान — जापानमा स्थापित प्रवासी पर्वतेहरूको साझा संस्था पर्वत समाज जापानको आठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “पर्वत जिल्लाको शान, हरेक पर्वतेसँग जोडिने हाम्रो अभियान” भन्ने मूल नाराका साथ अधिवेशन 2025 July 8 मा सिनओकुबु चितवन राइनो हलमा आयोजित गरिएको थियो।

अधिवेशनबाट रामप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित समितिमा वरिष्ठ उपाध्यक्ष मुक्तिराज रेग्मी उपाध्यक्षहरू, जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, उमेश लामिछाने र रमेश राज जैसि रहेका छन्। महासचिवमा बिमल न्यौपाने चयन भएका छन् भने सचिवमा अर्जुन थापा र भोजराज भूषाल रहेका छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ।

कोषाध्यक्षमा नवराज आचार्य, सह–कोषाध्यक्षमा बालकृष्ण रिजाल र महिला कोषाध्यक्षमा राधिका रेग्मी चयन भएका छन्। युवा संयोजक सुरज भूषाल, खेलकुद संयोजक अभिषेक गुरुङ, प्रवक्तामा बिनोद न्यौपाने र महिला संयोजकमा मेरिला श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा शंकर भूषाल, रेशम जिसी, सागर गुरुङ, हरि बंगेनी, सन्तोष बास्तोला, शंकर न्यौपाने, मिलन पौडेल, मरलाप बहादुर सुवेदी, कमल बहादुर क्षेत्री, बसन्तराज पन्त, शिबा रेग्मी, दीपक न्यौपाने, भट्टराज न्यौपाने, अर्जुन बस्याल र यमप्रसाद भूषाल रहेका छन्।

नव-निर्वाचित समितिलाई जापानमा रहेका सम्पूर्ण पर्वते दाजुभाइ तथा दिदीबहिनीहरूले बधाई दिएका छन्। संस्थाको आगामी कार्यकाल पर्वतेहरूको एकता र सहकार्यलाई सुदृढ गर्दै पर्वत जिल्लाको समग्र विकास अभियानमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्