सोल, दक्षिण कोरिया
पाँचथर सेवा समाज दक्षिण कोरियाले पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनको उद्देश्यले नेपाली चलचित्र “ऊनको स्वीटर” को विशेष प्रदर्शन दक्षिण कोरियाका दुई प्रमुख शहर—सोल (SEOUL) र गिम्हे (GIMHAE)—मा आयोजना गर्ने भएको छ।
आर्टमाण्डु नेपाल प्रा. लि. को प्रस्तुति रहेको यस चलचित्रमा चर्चित कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, विल्सन विक्रम राई, प्रेम सुब्बा, सुजन चापागाईं र झुमा लिम्बुको अभिनय रहेको छ। चलचित्रको छायांकन पाँचथर जिल्लाका विभिन्न प्राकृतिक तथा पर्यटकीय स्थलहरूमा गरिएको छ, जसले नेपाली दर्शकमाझ पाँचथरको सौन्दर्य झल्काउने अपेक्षा गरिएको छ।
चलचित्रको प्रदर्शन मिति २०२५ मे ११ (May 11, 2025) मा तय गरिएको छ।
सोल (SEOUL) को शो 서울시 종로구 우정국로 55, 조계사 내 역사문공연장 मा हुनेछ।
त्यसैगरी, गिम्हे (GIMHAE) मा 가야 대학교 김해 (Gaya University, Gimhae) मा बिहान ११:०० बजे पहिलो शो सुरु हुनेछ।
पाँचथर सेवा समाज दक्षिण कोरियाले नेपाली समुदाय तथा कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो नजिकको शहरमा उपस्थित भई चलचित्र हेरी पाँचथर पर्यटन प्रवर्द्धन अभियानमा साथ दिन हार्दिक आमन्त्रण गरेको छ।
थप जानकारीका लागि सम्पर्क:
Email: panchtharsewasamaj2014@gmail.com






