दक्षिण कोरिया, अप्रिल २०२५ — पर्वत समाज दक्षिण कोरियाको आयोजनामा तथा नेपाल भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न तेश्रो पर्वत कप भलिबल प्रतियोगिता–२०२५ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा कुल २० टिमहरूको सहभागिता रहेको थियो। गुल्मी सम्पर्क समिति दक्षिण कोरिया प्रथम स्थान हासिल गर्न सफल भयो, भने बागलुङ समाज दक्षिण कोरिया दोस्रो स्थानमा तथा आयोजक पर्वत समाज र सुदूरपश्चिम समाजले सान्त्वना स्थान प्राप्त गरे।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरू घोषणा गरिएको छ। सर्बोकृष्ट खेलाडीको उपाधि गुल्मी सम्पर्क समितिका शिशिर बिश्वकर्माले प्राप्त गरे। त्यस्तै, उत्कृष्ट डिफेन्डरको रूपमा गुल्मीका कुमार दर्लामी मगर, उत्कृष्ट सेटरमा गुल्मीका श्याम थापा, उत्कृष्ट ब्लकरमा बागलुङ समाजका गणेश नेपाली र उत्कृष्ट स्पाइकरको रूपमा बागलुङका सुर्य जङ्ग क्षेत्री सम्मानित भए।
यस प्रतियोगिताको मूल उद्देश्य राष्ट्रिय खेल भलिबलको प्रवर्धन गर्नुका साथै पर्वत जिल्लाका विपन्न विद्यालयहरूमा “पर्वत शैक्षिक छात्रवृत्ति कोष” स्थापना गर्नु रहेको थियो, जसमा उल्लेखनीय सफलता हासिल भएको छ।
कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्नु हुने मुख्य प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवन, दोस्रो पुरस्कार प्रायोजक कोरिया मल्लाज सम्पर्क समिति, सह–प्रायोजक तथा मिडिया पार्टनरहरूप्रति पर्वत समाज दक्षिण कोरियाले विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकारहरू र सम्मानित अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
“हामीले खेलकुदको माध्यमबाट एकताको सन्देश मात्र फैलाएका छैनौँ, हाम्रो समाजका निम्ति शैक्षिक क्षेत्रमा पनि योगदान दिन सफल भएका छौँ। आगामी दिनहरूमा यस्ता रचनात्मक र सकारात्मक गतिविधिहरू निरन्तर अघि बढाउने हाम्रो प्रतिबद्धता रहनेछ समाजका अध्यक्ष दिपक केसीले सम्पूर्ण धन्यवाद व्यक्त गर्दै आफ्नो धारण व्यक्त गर्नुभयो ।







